वीरगन्ज,०४बैशाख:वीरगन्ज-२छपकैयाबाट सशस्त्र प्रहरीले २१ लाख बढी मूल्यकाे तस्करीको सामान बरामद गरेको छ।
छपकैयाकाे एक घरमा भण्डारण गरेर राखिएको जुत्ता,चप्पल,काजु,मरिच र ओषधी सशस्त्र प्रहरीले गत शनिबार बरामद गरेको हाे।उक्त घरबाट २१ लाख १६ हजार १०० रुपैयाँ मूल्य बराबरकाे ती समान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले जानकारी दिए।
बरामद ती सामानहरु आवश्यक कारबाहीका लागि बिहीबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बताए ।

