Madhes Khabar
समाचार

वीरगन्ज भन्सार अगाडिबाटै तस्करीको १५ लाख बढीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

वीरगन्ज,१०बैशाखः वीरगन्ज भन्सार कार्यालय अगाडि बाटै सशस्त्र प्रहरीले भन्सार छलीका १५ लाख भन्दा बढी रुपैयाँ मूल्यका सामान र दुई वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

भन्सारमा खटिएको सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले शनिबार र आइतबार गरी दुईदिनमा भन्सार अगाडिबाट १५ लाख ३४ हजार ४६६ रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।

भारतबाट लिएर आउँदै गरेको सामान भन्सार राजश्व नतिरीकन नेपाल भित्रयाउने क्रममा भन्सार अगाडि चेकजाँचमा खटिएको सशस्त्र प्रहरीले कपडा, ईलेक्ट्रोनिक्स, कस्मेटिक, खाद्यान्न, जुत्ता, चप्पल, खेलौना, मोटर पार्टस लगायतका सामान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरक्षिक सुरज रिमालले जानकारी दिए ।

सामान ओसार्न प्रयोग गरिएका एउटा मोटरसाइकल र एउटा स्कूटरपनि नियन्त्रणमा लिइएको उनले बताए ।बरामद सामान र दुवै सवारीसाधन आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायब उपरक्षिक रिजालले जानकारी दिए ।

 

Related posts

महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयास सराहनीय छ : कानुनमन्त्री चौरसिया

MadhesKhabar

वीरगन्जबाट अनुगमनमा गएका कर्मचारीहरुमाथि कुटपिट,इन्स्पेक्टरको मोबाइल पनि फुटाइयो

MadhesKhabar

वीरगन्जका पत्रकार शंकर आचार्य सम्मानित

MadhesKhabar

Leave a Comment