Madhes Khabar
समाचार

वीरगन्जबाट हेटौंडाबाट जाँदै गरेको बसको ब्रेक फेल हुदाँ श्रृंखलाबद्ध दुर्घटना,१० जना घाइते

तस्बिर : नागरिक ।

हेटौंडा,३१जेठःमकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ डाईभरडाँडास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो बसको ब्रेक फेल हुँदा श्रृंखलाबद्ध दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब ३ः२० बजे वीरगन्जबाट हेटौंडा तर्फ जाँँदै गरेको ना ५ ख २९७० नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएको थियो।

अनियन्त्रित बनेको बसले सुरुमा विपरित दिशाबाट आइरहेको एउटा अनटेस्ट कारलाई ठक्कर दियो। त्यसलगत्तै बसले आफ्नो अगाडि गइरहेको ना ८ ख ४४० नम्बरको ट्यांकरलाई समेत पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।श्रृंखलाबद्ध ठक्करपछि पनि नरोकिएको बस घटनास्थलबाट करिब सय मिटर पर पुगेर सडक छेउको रुखमा ठोक्किएपछि रोकिएको थियो ।

दुर्घटनामा बसमा सवार ४ जना र कारमा सवार ६ जना गरी कुल १० जना घाइते भएका छन्। उनीहरु सबैलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने ४ जनाको अवस्था सामान्य छ। दुर्घटनामा कारमा बढी क्षति पुगेको छ भने ट्यांकरको पछाडिको भागमा सामान्य क्षति भएको छ।साभारःनागरिक

Related posts

ठोरीको समस्या र विकास बारे मुख्यमन्त्री राउतलाई भेटेर ध्यानाकर्षण

MadhesKhabar

खानेपानीमन्त्री यादव र भारतिय जलशक्तिमन्त्री पाटिलले वासक्षेत्रको विकास सम्बन्धि समझदारीपत्रमा गरे हस्ताक्षर

MadhesKhabar

बहुविवाह सम्बन्धीको विधेयक प्रतिनिधिसभामा पेस हुँदैन : कानुनमन्त्री चाैरसिया

MadhesKhabar

Leave a Comment