Madhes Khabar
समाचार

जाली नाेट छाप्ने मेसिनसहित बाराका दुई जना काठमाडौंमा पक्राउ

बारा,२१पुस:नक्कली(जाली) नोट छाप्ने मेसिन सहित बाराका २ जना काठमाडौंमा पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय गौरीशंकर यादव र बाराकै फेटा गाउँपालिका वडा नम्बर ३ घरभई भारतको मोतिहारी लाला टोलको पतौना बस्ने २८ वर्षीय सबी कुमार श्रीवास्तव रहेका छन्।

 

नक्कली नोटको कारोबार भइरहेको छ भने गोप्य सूचनाका आधारमा पुस १६ गते खटिएको प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ उत्तरखेल चाेकबाट १ हजार दरका ९३ वटा नोटसहित ६ जनालाई नियन्त्रणमा लिइएकाे थियाे।त्यसपछि अनुसन्धानका क्रममा त्यसमा संलग्नता देखिएका यादवलाई सोधपुछ गर्दा उनले नक्कली नोट छाप्ने गरेको र श्रीवास्तवले नक्कली नोट छाप्ने आवश्यक सामग्री पुस २० गते नेपाल ल्याउन लागेकाे बताएका थिए।

त्यसपछि प्रहरीले बीआर ०५ ऐएफ २५११ नम्बरको भारतीय बुलेट मोटरसाइकलको पछाडिकाे सिटमा नक्कली नोट छाप्ने मेसिन, बनाउने कम्प्युटर लगायतका प्रिन्टिङ मेसिनहरु काठमाडौं लग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारासंग समन्वय गरेर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धले श्रीवास्तवलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

 

उनीहरूको साथबाट प्रहरीले ५ वटा गाडीमा भारतीय ५०० दरको ३१७ वटा नोट, मोनिटर, किबोर्ड, माउस, केवलतार १० थान, मोबाइल, कलर प्रिन्ट, सिपीयु, एम अडियो लेखिएको बक्स, टोनर ८ थान, नक्कली पेस्तोल र लालिगुराँसको वाटरमार्क छापिएको १००० लेखिएको कागज १८० थान सादा कागज ७५ गरी २५५ थान कागज बरामद गरिएको प्रहरीले जनाएको छ।

Related posts

वीरगन्जमा ठूलाे परिमाणमा चरेससहित ३ जना पक्राउ

MadhesKhabar

रौतहटको गौर फेरि तनावग्रस्त : सेना परिचालन गरेर लगाइयो कर्फु

MadhesKhabar

रौतहट : विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी, सम्पादकसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा

MadhesKhabar

Leave a Comment