Madhes Khabar
समाचार हेडलाइन

रौतहटको गौर फेरि तनावग्रस्त : सेना परिचालन गरेर लगाइयो कर्फु

रौतहट,९फागुनःरौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार, शनिबार दिउँसो १ बजेबाट अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरिएको हो ।
गत बिहीबार राति मस्जिदमा नमाजको प्राथना भइरहेको बेलामा जन्तिमा गइरहेका हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो ।घटनापछि शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कफ्र्यू जारी गरिएको हो ।

प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कफ्र्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका छन् ।स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरिरहेको छ । गौरको वडा नम्बर ४, ५ र ६ मा झडप भइ रहेको छ ।

कफ्र्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

झडपका क्रममा प्रदर्शनकारीहरुले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएको तथा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ।अवस्था बिग्रन नदिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ।

 

Related posts

वीरगन्ज महानगरभर निःशुल्क खानेपानी वितरण गर्ने मन्त्री यादवको प्रतिबद्धता

MadhesKhabar

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागीरबाट हटाइयो

MadhesKhabar

पर्साको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सक्दो सहयोग गर्छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

Leave a Comment