वीरगन्ज, २८ कात्तिक : समाजवादी प्रेस संगठन नेपाल पर्साले दिवंगत पत्रकार स्व. नरेश सर्राफको सम्झनामा मंसिर १५ गते तेस्रो स्मृति सभा आयोजना गर्ने निर्णय गरेको छ ।शुक्रबार वीरगन्जमा बसेको संगठनको बैठकले उक्त निर्णय गरेको हो ।
संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले मंसिर १५ कै स्मृति सभामा दोस्रो स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पनि वितरण गर्ने निर्णय गरेको । पुरस्कारका लागि योग्य पत्रकारको नाम चयन गर्न अध्यक्ष सुमनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठनपनि गरिएको छ। समितिमा उपाध्यक्ष हरिशंकर शर्मा, सचिव विनोद पटेल, कोषाध्यक्ष सन्तोष साह र सदस्य मनिषा साह रहेका छन्।
बैठकले झुट्टो मुद्दामा फसाइएका संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्मा अदालतबाट निर्दाेष प्रमाणित भएकोमा बधाई ज्ञापन गरेको छ।बैठकमा सहभागीहरूले शर्मालाई खादा र अविरको टीका लगाएर शुभकामना व्यक्त गरेका थिए।
बैठकमा नेकपा नेता रामचन्द्र साह, मनोज चौधरी, बालगोपाल थापा, संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल लगायतकाको उपस्थिति थियो।

