Madhes Khabar
समाचार

रौतहट : विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी, सम्पादकसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,२६जेठः रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी लिए÷दिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा लाग्नेहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोस्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवाल पब्लिकेशन प्रालि तथा कम्पनीका सम्पादक रामजी बगाले र तराई पोस्टका प्रकाशक रूपेन्द्र पटेल रहेका छन् ।

फतुवा विजयपुर नगरपालिका–४ मा किसानहरूलाई स्प्रे ट्याङ्की वितरणमा अनियमितता गरेको उजुरीमा छानबिन गर्दा नगरपालिकाले बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको दाबी गरेपनि सूचना प्रकाशन नै नभएको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले पत्रिकामा सूचना प्रकाशित नै नगरी नक्कली पत्रिका तथा बिल भर्पाई पेश गरेको आरोप छ ।

नक्कली प्रति राखेर कर कट्टी गरी जनसवाल राष्ट्रिय दैनिकलाई १ लाख ७२ हजार ८ सय २५ रुपैयाँ र तराई पोस्टलाई ३९ हजार ४०० रुपैयाँ गरी जम्मा २ लाख १२ हजार २२५ रुपैयाँ हानि÷नोक्सानी भएको अख्तियारको आरोप छ ।

 

Related posts

तीनकुने घटनाका मुख्यकमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा

MadhesKhabar

रौतहटमा कार्यरत असई रागनी यादव देशभरमै ”सर्वोत्कृष्ट प्रहरी” घोषित

MadhesKhabar

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

MadhesKhabar

Leave a Comment