Madhes Khabar
समाचार

बाराका दुई युवक ठूलो परिमाणमा लागूऔषधसहित हेटौडामा पक्राउ

वीरगन्ज,११बैशाखःहेटौडाको रातोमाटेमा लागू औषधसहित बाराका दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीका २५ वर्षीय तिर्थलाल पासवान र त्यहि गाँउका २३ वर्षीय सुनिल पटेल रहेका छन् ।

बाराको सिम्रौनगढबाट हेटौडातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको पकअप गार्डी प्रहरीले रातोमाटेमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त गाडीको इन्जिनभित्र लुकाएर राखिएको नेपालमा प्रतिबन्धित ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल ५७ हजार ५०० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बरामद उक्त औषधि र गाडीससहित गाडीका चालक पासवान र सहचालक पटेललाई नियन्त्रणमा लिएर थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

काेशी ब्यारेजबाट बस सप्तकाेशी नदीमा खस्याे, यात्रु र चालक सबैकाे सकुशल उद्धार

MadhesKhabar

पर्सागढीबाट बन्दुक सहित एक जना पक्राउ

MadhesKhabar

राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा बारामा लोसपाको प्रदर्शन

MadhesKhabar

Leave a Comment