Madhes Khabar
समाचार

बाराका दुई युवक ठूलो परिमाणमा लागूऔषधसहित हेटौडामा पक्राउ

वीरगन्ज,११बैशाखःहेटौडाको रातोमाटेमा लागू औषधसहित बाराका दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीका २५ वर्षीय तिर्थलाल पासवान र त्यहि गाँउका २३ वर्षीय सुनिल पटेल रहेका छन् ।

बाराको सिम्रौनगढबाट हेटौडातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको पकअप गार्डी प्रहरीले रातोमाटेमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त गाडीको इन्जिनभित्र लुकाएर राखिएको नेपालमा प्रतिबन्धित ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल ५७ हजार ५०० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बरामद उक्त औषधि र गाडीससहित गाडीका चालक पासवान र सहचालक पटेललाई नियन्त्रणमा लिएर थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

तरकारीको बोराभित्र लागू औषधको तस्करी गर्ने भारतीय वीरगन्जमा पक्राउ

MadhesKhabar

बारामा ४८ लाख बढी मूल्यको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जबाट ४ करोडको मदीरा र कम्प्युटर पार्टससहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment