वीरगन्ज,१२चैतःपर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरमा पर्ने ढंगही खोला छेउमा बेवारिसे अवस्थामा रहेको लागू औषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बहुअर्वाभाठास्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पसबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ढंगही खोला छेउ बेवारिस अवस्थामा लुकाएर राखिएको अवस्थामा ६ वटा पोकामा रहेको ६४ केजी गाँजा गाँजा बरामद गरेको हो ।बरामद गाँजा कस्को र कसले त्यहाँ राखेको सम्बन्धमा अहिलेसम्म केहि खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजा थप अनुसन्धान तथा कारबाहीका मंगलबार लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिए ।

