Madhes Khabar
समाचार

अमलेखगञ्जको जंगलबाट गाँजासहित मोटरसाइकल बरामद, तस्करहरु फरार

वीरगन्ज,५बैशाखःबाराको अमलेखगञ्ज नजिकको जंगलबाट प्रहरीले लागू औषध गाँजा बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जंगलबाट दुई पोका गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको छ ।

जीतपुरसिमरा उप–महानगरपालिका वडा नमबर २१ अमलेखगञ्जस्थित छठीमाई घाट खोला छेउको कच्ची सडक हुदै ना ४१ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल लुकिछिपि गईरहेको बेला प्रहरीले उक्त मोटसाइकललाई पछ्याएको थियो । त्यसक्रममा मोटरसाइकल चालकसमेत २ जना व्यक्तिहरू मोटरसाइकल छाडेर जंगलभित्र भागेको र त्यहाँ पुग्दा रातो प्लाष्टीकमा डोरीले बाधेको दुई पोका अर्थात ११ केजी ५१ ग्राम गाँजा बरामद भएको प्रहरी बरिष्ठ नायब निरीक्षक कार्कीले जानकारी दिए ।फरार भएका तस्कहरुको खोजी कार्य भइरहेको उनले बताए ।

 

Related posts

पर्सागढीमा नेपाली सेनाले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा विद्या सदन मावि प्रथम

MadhesKhabar

पर्साको पदमौल गम्हरियामा प्रहरीको छापा :१५ केजी गाँजासहित रफिक पक्राउ

MadhesKhabar

मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारका रुपमा वीरगन्जकी पत्रकार माधुरी महतो सम्मानित

MadhesKhabar

Leave a Comment