
बारा,२४पुसः बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयका कर्मचारी जीवनरमण पौडेलमाथि मोबिल प्रहार गरिएको छ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत ट्रायल प्रमुख पौडेलमाथि बिहीबार बिहान करिब ११ः३० बजे कार्यालय परिसरमै अपरिचित व्यक्तिहरुले मोबिल प्रहार गरेका हुन् । आफूलाई ‘जेन–जी’ युवाहरु भनेर चिनाउने समूहले पौडेलमाथि मोबिल छ्यापेको बताइएको छ ।
सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षामा अनियमितता, फर्जी काम र आर्थिक चलखेल गर्दै आएको आरोप लगाउँदै पौडेललाई पटक–पटक सचेत गराउँदा पनि सुधार नभएको भन्दै ती युवाहरुले विरोधस्वरूप उनिमाथि मोबलि छ्यापेको बताएका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय परिसरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेजका आधारमा संलग्न व्यक्तिहरुको पहिचान गर्दै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

