Madhes Khabar
राजनीति समाचार

औद्योगिक राजधानी बनाउने अठोटसहित रुङटाको घरदैलो अभियान तीव्र


वीरगञ्ज ५ , फागुन :नेपाली कांग्रेसबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटा ले वीरगञ्ज महानगरपालिका–२ स्थित छपकैयामा घरदैलो तथा जनता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्।

स्थानीय टोल–बस्तीमा पुगेर रुङटाले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै जनताका समस्या, आवश्यकता र अपेक्षाहरू सुनेका छन्। कार्यक्रम बुथ सभापति फिरोज आलमको अध्यक्षतामा सम्पन्न भएको थियो भने कांग्रेसका क्षेत्रीय तथा वडा तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

घरदैलोका क्रममा उम्मेदवार रुङटाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गरे। उनले सबै समुदायको समान सहभागिता सुनिश्चित गर्दै मधेसी, मुस्लिम, महिला, अल्पसङ्ख्यक तथा सीमान्तकृत वर्गका अधिकार संरक्षण आफ्नो प्रमुख दायित्व हुने स्पष्ट पारे।

रुङटाले पर्साको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै वीरगञ्जलाई देशकै औद्योगिक तथा आर्थिक राजधानी बनाउने लक्ष्य अघि सारे। वीरगञ्ज–पथलैया क्षेत्रलाई व्यवस्थित औद्योगिक करिडोरका रूपमा विस्तार गर्ने, नयाँ उद्योग भित्र्याउने, लगानीमैत्री वातावरण तयार गर्ने र रोजगारीका अवसरहरू बढाउने योजना उनले सुनाए।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार, क्षेत्रीय उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत तरुण दल, विद्यार्थी संघका नेता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय।

Related posts

पर्साकाे ग्रामीण नाकाबाट तस्करी गरि ल्याइएको एक गाडी ओैषधि बरामद

MadhesKhabar

संविधान दिवसमा जसपा माैन : न विराेध न समर्थन ,सहिदकाे शालिकमा माल्यार्पण

MadhesKhabar

एक मन्त्री लिएर लोसपा सरकारमा जान तयार

MadhesKhabar

Leave a Comment