Madhes Khabar
समाचार

पर्सामा पर्ने गण्डक नहर अतिक्रमण गरि बनाइएका घरटहराहरु हटाउने प्रशासनको तयारी

वीरगन्ज,११वैशाखः जिल्ला प्रशासन कार्यालय पर्साले गण्डक नहर क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने तयारी गरेको छ ।

वीरगन्जको गण्डक चोकदेखि जानकी टोला हुदैं इनरवासम्म फैलिएको करिब २६ किलोमिटर नहरको क्षेत्रभित्र नहर किनारामा बनेका घर, टहरा तथा अन्य संरचनाहरू हटाइने प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

उनका अनुसार आइतबारदेखि अतिक्रमित संरचना भत्काउने काम औपचारिक रूपमा सुरु गरिनेछ । यसका लागि प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबिच समन्वय गरी विशेष कार्य योजना तयार गरिएको छ ।

Related posts

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

MadhesKhabar

इभी गाडी दुर्घटना हुदाँ रौतहटकी एक महिलासहित दुई जनाको मृत्यु

MadhesKhabar

Leave a Comment