Madhes Khabar
समाचार

राष्ट्रिय फोटो पत्रकारिता अवार्डमा वीरगन्जका राम सर्राफ पनि सम्मानित हुने

मधेसखबर
वीरगन्ज, ०३असोज: नेपाल फोटो पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष राम सर्राफ काठमाडौंमा सम्मानित हुने भएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपाले रजत जयन्ती सम्मान तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ का अवसरमा सर्राफलाई सम्मान गर्न लागेको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले २५ औँ वर्ष पूरा गरेको अवसरमा काठमाण्डौमा यही असोज ६ गते आयोजना गर्ने रजत जयन्ती तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ को चौथो संस्करणमा सर्राफ सम्मानित हुने भएका हुन् ।

फोटो पत्रकारहरुले खिचेका लकडाउनका तस्बिरहरु समावेश गरेर ‘लकडाउनमा नेपाल’ नामक स्मारिका फोटो पुस्तक प्रकाशन गर्ने योजना पनि रहेको समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

फोटो पत्रकारितामार्फत राष्ट्रलाई दिएको अतुलनीय योगदान र संस्थालाई पु-याएको सहयोगको कदरस्वरुप विशेष सम्मान २०२२ सर्राफलाई अर्पण गर्ने निर्णय गरेको पनि अध्यक्ष वन्तले जानकारी दिए ।

दुई दशकभन्दा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय सर्राफ नेपाल फोटो पत्रकार संघका संस्थापक हुँदै पर्सा शाखा उपाध्यक्ष, मधेश प्रदेश अध्यक्ष भएर केन्द्रीय उपाध्यक्षसमेत भइसकेका छन् ।

 

२०६० सालसम्म वीरगन्जबाटै प्रकाशित अंकुश दैनिकमा छापीने सर्राफको फोटो त्यसपछि अन्नपुर्ण पोस्टमा पनि प्रकाशन हुन थालेको थियाे । त्यसपछि सर्राफले खिचेका फोटोहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन भइसकेका छन् । नेपाल भरीमै मोफसलबाट फोटो पत्रकारको रुपमा नियुक्ती पाउने पहिलो व्यक्ति पनि सर्राफ नै हुन् । सर्राफ हाल द हिमालयन टाइम्समा आवद्ध छन् ।

उनी वीरगञ्जबाट १ दशकदेखि सञ्चालित यात्रा डेली डटकम अनलाईनका प्रबन्ध निर्देशक समेत हुन् ।

Related posts

पहिरोले घर बगाउँदा दुईको मत्यु , तीन जना बेपत्ता

MadhesKhabar

सई यादवको ठूलो सफलता : परालको भुस लोड रहेको ट्रकबाट ८ क्युन्टल काजु बरामद

MadhesKhabar

वीरगन्जमा चापाकल जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment