Madhes Khabar
समाचार

पहिरोले घर बगाउँदा दुईको मत्यु , तीन जना बेपत्ता

फाइल तस्बिर

मधेसखबर
वीरगन्ज,१७ साउन : म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ । पहिरोमा परि तीन जना बेपत्ता पनि भएका छन् ।

स्थानीय घाम बहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए ।घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ। गोठे र उनकी श्रीमती गोरी बिक पहिरोमा परेर घाइते भएका छन्। घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन्।

 

स्थानीयबासीले बेपत्ताहरुको खोजी गरिरहेका छन्। मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिंडेको बताए। घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।

Related posts

पर्साको धुतहा खोलाको बगरबाट सशस्त्र प्रहरीद्धारा १२० केजी गाँजा बरामद, तस्करहरु फरार

MadhesKhabar

कुनैपनि समुदाय विकासको मूलधारबाट पछाडि नपरुन् भन्ने सरकारको प्रमुख उद्देश्य हो : मन्त्री यादव

MadhesKhabar

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न एकता अभियानको माग

MadhesKhabar

Leave a Comment