Madhes Khabar
समाचार

बारामा नेपाली १ हजारकाे नक्कली नाेटसहित एक जना पक्राउ

बारा,४साउन:बारामा नक्कली नेपाली नोटसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। महुवाहीबाट नयकाटोल तर्फ जाँदै गरेको ‘अन टेस्ट’ बाइकमा सवार सिम्रौनगढ नगरपालिका वडा नंबर २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरीलाई प्रहरीले पक्राउ गरेको हाे।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नविन राईको नेतृत्वमा खटिएको टोलीले गिरिलाई नेपाली १ हजार दरको ८५ थान नक्कली नाेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ८ दिनकाे म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्जको अलौंबाट सशस्त्र प्रहरीद्वारा साढे ६ लाखको मोबाइल पार्टस् बरामद

MadhesKhabar

बारामा करेन्ट लागेर चार वर्षिया बालिकाको मृत्यु

MadhesKhabar

वीरगन्ज–कलैया सडकखण्डमा भारतीय कारको ठक्करबाट ६ बर्षीया बालिकाको मृत्यु

MadhesKhabar

Leave a Comment