Madhes Khabar
समाचार

बारामा नेपाली १ हजारकाे नक्कली नाेटसहित एक जना पक्राउ

बारा,४साउन:बारामा नक्कली नेपाली नोटसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। महुवाहीबाट नयकाटोल तर्फ जाँदै गरेको ‘अन टेस्ट’ बाइकमा सवार सिम्रौनगढ नगरपालिका वडा नंबर २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरीलाई प्रहरीले पक्राउ गरेको हाे।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नविन राईको नेतृत्वमा खटिएको टोलीले गिरिलाई नेपाली १ हजार दरको ८५ थान नक्कली नाेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ८ दिनकाे म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

सात दशक पुरानै संरचनामा सिमरा विमानस्थल

MadhesKhabar

राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा बारामा लोसपाको प्रदर्शन

MadhesKhabar

ठोरीको एक घरमा प्रहरीले मध्यरातमा छापा मार्दा डेढ क्युन्टल बढी गाँजा बरामद,घरधनी फरार

MadhesKhabar

Leave a Comment