वीरगन्ज ११,फागुन:धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित चरौंदी नजिक आज बिहान करिब एक बजे ठूलो सवारी दुर्घटना भएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस त्रिशूली नदी किनारमा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ।मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटना त्रिशूली नदी किनारमा भएको हो। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सक्रियतामा उद्धार कार्य जारी छ। हालसम्म २४ जना घाइतेलाई उद्धार गरी नजिकका अस्पतालतर्फ पठाइएको जनाइएको छ।
मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। बस सडकबाट अनियन्त्रित भई तल खसेको प्रारम्भिक अनुमान गरिएको छ, तर दुर्घटनाको यकिन कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


