Madhes Khabar
समाचार

पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं,२मंसिरःपूर्व सभामुख दमननाथ ढुङ्गनाको निधन भएको छ ।फ्रन्टलाइन अस्पतालमा उपचाररत ८३ वर्षको उमेरका ढुङ्गानाको आइतबार दिउँसो २ बजे निधन भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय कलेजो लगायत विभिन्न स्वास्थ्य समस्याले पीडित थिए ।

Related posts

संघीय निजामती सेवा ऐनमा विभिन्न मागहरु राख्दै कर्मचारीहरु आन्दोलित

MadhesKhabar

जसपालाइ फुटाएर संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: मुख्यमन्त्री राउत

MadhesKhabar

जनतालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment