Madhes Khabar
समाचार

खानेपानी क्षेत्रकाे पूँजीगत खर्च शतप्रतिशत सुनिश्चित गर्न मन्त्री यादवकाे निर्देशन

काठमाडौं,२८माघ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी क्षेत्रको तीब्र गतिमा विकास गर्न पूँजीगत खर्च प्रभावकारी बनाई शतप्रतिशत खर्च सुनिश्चित गर्न निर्देशन दिएका छन्।

साेमबार खानेपानी मन्त्रालयमा आयोजना गरिएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले पूँजीगत खर्च अत्यन्तै न्यून रहेकाले शतप्रतिशत खर्च सुनिश्चित गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए।उनल भने, “हालसम्म २० प्रतिसत मात्र पूँजीगत खर्च भएको छ । जुन अत्यन्तै न्यून छ । शत–प्रतिशत खर्च सुनिश्चित गर्न कहाँ कहाँ समस्या छ, केले अवरोध गरेको छ, त्यसको कारण खोजी गरी पूँजीगत खर्च शत–प्रतिशत खर्च सुनिश्चित गर्न म निर्देशन दिन चाहन्छु ।”

मन्त्री यादवले रकमान्तर र कार्यक्रम संशोधनलाई प्राथमिकतामा राखी रकमान्तरको लागि सम्बन्धित संघीय कार्यालयले आफ्नो कार्यालयको जुनसुकै बजेट शीर्षकबाट रकमान्तर प्रस्ताव गर्न समेत आग्रह गरे । खर्च नगर्ने, विनियोजित बजेट अन्यत्र रकमान्तर पनि नगर्नाले पूँजीगत खर्च बढ्न नसक्ने उनको भनाई छ ।पूँजीगत खर्च हाम्रो कार्यसम्पादनको प्रमुख सूचक भएको हुँदा यसतर्फ सबै जिम्मेवार हुन समेत मन्त्री यादवले आग्रह गर्दै स्रोत सहमति प्राप्त आयोजनाहरूको ठेक्का प्रक्रिया अघि बढाई बजेट खर्च बढाउन जरुरी रहेको बताए।

बाढी–पहिरोबाट क्षति भएका पूर्वाधारहरूको तत्काल पुनर्निर्माण गर्न जरुरी रहेको हुँदा यसका लागि र एक अर्ब ९४ करोड बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको समेत मन्त्री यादवले जानकारी दिए।तराई–मधेस पूर्वाधार सुधार अन्तरगत दुई सय ८० अधुरा आयोजना सम्पन्न गर्न अर्थ मन्त्रालयसँग निरन्तर संवाद भइरहेको र चालु आर्थिक वर्षमा रकमान्तरबाट सम्भव भए ती योजना पुरा गर्नुपर्ने एवम् आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा यस्ता अधुरा आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

खानेपानी तथा सरसफाइ प्रवद्र्धन अन्तरगत एकीकृत खानेपानी आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) सँग करिब दुई सय मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौताका लागि छलफल भइरहेको र कार्यान्वयन मोडालिटीको अन्तिम चरणमा रहेको मन्त्री यादवले जानकारी गराए।मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित स्थानीय समस्याहरू समाधान गर्न समन्वयात्मक पहल भइरहेको र काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानीको निरन्तरतालाई विशेष प्राथमिकतामा राखेको उनले बताए ।

उनले भने, “खानेपानी महसुल ११ वर्षदेखि पुनरावलोकन नभएकाले छिट्टै निर्धारण प्रक्रिया अघि बढाइने र संस्थागत सुधार, कानुनी संशोधन, र जनसहभागिता उपभोक्ताको लागत सहभागिता प्रणालीलाई एकरूपता दिन विद्यमान निर्देशिका पुनरावलोकन भइरहेको छ ।”
अब “जनताको पानी–सरकारको लगानी” भन्ने नारालाई व्यवहारमा रुपान्तरण गर्न खानेपानीमा जनताले गर्ने लगानीलाई शून्य पार्न गृहकार्य भइरहेको उनले बताए।

 

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य गोबिन्द टण्डन, उपसचिव अनोनय बास्तोला, खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य, सहसचिव मिना श्रेष्ठ, रमाकान्त दुवाडि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेल, भ्याली बोर्डका प्रमुख संजिवबिक्रम राणा, मेलम्ची विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने, पिआडीका प्रमुख टिकाबहादुर चौधरी लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Related posts

१४७० पिस नाइट्राभेट ट्याब्लेटसहित रक्सौलका युवक वीरगन्जमा पक्राउ

MadhesKhabar

बारामा फेरि अर्को सवारी दुर्घटना, श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु

MadhesKhabar

वीरगन्जको मेयरमा निर्वाचित र पराजितहरुको मत संख्यामा घटबढ

MadhesKhabar

Leave a Comment