Madhes Khabar
समाचार हेडलाइन

पर्साको ग्रामीण भेगका नाकाबाट राँगा भैंसीको खुलेयाम तस्करी

पशु हाट बजारमा ल्याएर राखिएका राँगा भैसी । तस्वीर : प्रमोद यादव

प्रमोद यादव
पर्सा ,१४ असोज : पर्साको ग्रामिण क्षेत्रका सिमा नाका हुदै भारतबाट राँगा र भैंसीको तस्करी भइरहेको स्थानीयले बताएका छन् ।

भारतसंग सीमा जोडिएका जगरनाथपुर, ठोरी , पकाहामैनपुर गाँउपालिकाका सीमा नाका हुदै भारतबाट रातिका समयमा राँगा र भैसी तस्करी गरेर नेपाल भित्रयाउने गरिएको छ ।तस्करी गरेर भित्रयाइएका राँगा र भैंसी कारोबारीहरुले जगरनाथपुर र विजयबस्तीमा विहिबार र आईतबारका दिन लाग्ने पशु बजारमा बेच्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।

उनिहरुका अनुसार , असवारी जानकीटोला,मिर्जापुर,पाण्डेपुर,माहदेवपट्टी,पिडारीगुठी,विजयबस्ती लगायतका नाकाबाट तस्कर र कारोबारीहरुले भारतीय राँगा र भैंसी सरेह,खेतर चोर बाटो भएर भित्र्याउने गरेका छन् ।
तस्करी गरि ल्याइएका राँगा र भैंसी विजयबस्ती र जगरनाथपुरको हाट पशु बजारबाट कारोबारीहरुले किनेर मालवाहक गाडीमा लोड गरि काठमाडौ,पोखरा, नारायणगढ लगायतका शहरमा लगेर बेच्ने गरेका छन् ।

 

बिजयबस्ती पशु हाट बजारका अध्यक्ष हरि प्रसाद सिलवालले साताको दुई दिन लाग्ने हाट बजारमा ३ सय देखि ४ सय रागाँ भैंसीको किनेमेल हुनेगरेको र प्रती पशु २ सय ५० रुपैयाको दरले समितिले पालिकाको नियमानुसार कर संकलन गर्ने गरेको बताए । उनले भने ,‘ हाटबजार ल्याइने चौपाया फाट्फुट्ट भारतबाट आउने गरेका छन् , धेरै जसो पर्साकै गाँउका मानिसले ल्याउछन् ।

 

रााँगा भैंसीको व्यपाक तस्करी भइरहेपनि सिमावर्ती गाँउहरुमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी रोक्न चासो नदिएकाले तस्करीमा उनिहरुको पनि मिलोमतो हुन सक्ने स्थानीयको भनाइ छ ।

Related posts

आलु–प्याजभित्र लुकाएर लागू औषधको तस्करी गरेका युवक पर्साको धोरेबाट पक्राउ

MadhesKhabar

पर्सामा लैंगिक हिंसा र जातिय विभेद राेक्न मेराे प्राथमिकतामा रहन्छ : सिडिओ भुषाल

MadhesKhabar

सिर्सिया नदीमा छठसम्म मात्रै प्रदुषण नगर्ने उद्योगीहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment