Madhes Khabar
स्थानिय हेडलाइन

सिर्सिया नदीमा छठसम्म मात्रै प्रदुषण नगर्ने उद्योगीहरुको प्रतिबद्धता

वीरगन्ज,१७कार्तिक : वीरगन्जको सिर्सिया नदीलाई प्रदु्षित गर्दै आएका उद्योगीहरुले छठ पबसम्म मात्रै नदीमा प्रदुषण नगर्ने प्रतिबद्धता जनाएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको अग्रसरतामा बिहीबार बसेको सरोकारवाला उद्योगीहरुको बैठकमा उद्योगका सञ्चालकहरुले आगामी दीपावलीदेखि छठ पर्बसम्म सिर्सिया नदीमा प्रदु्षण र फोहोर पानी बिर्सजन नगर्ने प्रतिबतद्धता जनाएका हुन् ।

बैठकमा मरियम लेदर इण्डष्ट्रिज, नारायणी लेदर इण्डष्ट्रिज, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स, नेपाल लेदर इण्डष्ट्रिज, ग्लोबल लेदर इण्डष्ट्रिज, मारुती पेयर मिल्स, दुर्गा पल्पस इण्डष्ट्रिज लगायत अन्य उद्योगकाा सञ्चालकहरुको सहभागीता थियो ।

बैठकमा उद्योगीहरुले सिर्सिया नदीमा दीपावलीदेखि छठ पर्वसम्म उद्योगहरुले सफा पानी प्रवाहित गर्ने प्रतिबद्धता समेत जनाएको संघका अध्यक्ष अनिल अग्रवालले जानकारी गराए । छठ पर्व बितेपछि लगतै फेरि सरोकारवाला उद्योगहरुको उपस्थितिमा पुनः वृहत बैठकको आयोजना गरि सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन ठोस कार्य योजना सहित अगाडि बढ्ने र त्यसको पहल संघले गर्ने अध्यक्ष अग्रवालले बताए ।


छठसम्म मात्र नदीमा प्रदुषण नगर्ने प्रतिबद्धता किन ? अनि त्यसपछि फेरि प्रदुषण गरिरहने हो ? भन्ने प्रश्नमा अध्यक्ष अग्रवालले भने,‘ अहिलेलाई छठ नजिकै आइसकेकाले यस्तो प्रतिबद्धता उद्योगीहरुले जनाएका हुन् । छठलगत्तै फेरि वृहत बैठक बसेर नदीलाई दीर्घकालसम्म कसरी सफा र स्वच्छ राख्न सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना बनाउँछौ ।’

संघका अध्यक्ष अग्रवालकै अध्यक्षतामा बसेको बैठकमा संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, महासचिव आशीष लाठ, कोषाध्यक्ष शिवजी साहका साथै उद्योगीहरुको सहभागीता थियो ।

वीरगन्जको लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक देखि प्रदुषणको सिकार बन्दै आएको छ । पर्सा–बारा औद्योगीक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा बिसर्जन गर्दै आएका कारण नदी प्रदुषित बनेको हो ।

नदीलाई प्रदुषण मुक्त बनाउने अभियान थालेको वीरगन्ज महानगरपालिकाले पाँच वटा उद्योगहरुलाई जनही तीन तीन लाख रुपैयाँका दरले जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी सिधै बिसर्जन गर्दै आइ नै रहेका छन् ।अघिल्लो महिनामात्रै वीरगन्ज महानगरपालिकाले आर्थिक जरिवाना गर्दासमेत उद्योगहरुले अटेर गर्दै आएकाले अब नदी प्रदुषित गर्ने उद्योग शील गर्ने चेतावनी समेत दिएको थियो ।

 

Related posts

वीरगन्ज कृषि औजार कारखानाबाट कृषि औजारहरुको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरु

MadhesKhabar

वीरगन्जका आरिफलाई एनपिएलका लागि सुदूरपश्चिम रोयल्सले १५ लाखमा किन्यो

MadhesKhabar

वीरगन्ज भन्सार क्षेत्रमा अनुगमन टोली पुग्दा सटर बन्द गरेर सेकुवा र मदिरा पसलेहरुको भागाभाग

MadhesKhabar

Leave a Comment