वीरगन्ज,२२माघ:लामो समयको प्रतीक्षापछि पर्साकाे ठाेरी नाकामा रहेकाे छाेटी भन्सारकाे स्तराेन्नत्ति हुने भएकाे छ।पर्सा जिल्ला कै दाेस्राे नाका ठाेरीमा अवस्थित छाेटी भन्सार कार्यालयकाे नयाँ भवन निर्माण गरिएको वर्षाै बितिसक्दापनि भन्सार विभागले कर्मचारीकाे व्यवस्थापन नगरिदिदाँ उक्त छाेटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेकाे छैन।ठोरी गाउँपालिका वडा नम्बर २ मा रहेको ठोरी छोटी भन्सारको स्तरोन्नति यहि माघ २७ गते शनिबारका दिन गरिने भएकाे हाे।स्तराेन्नत्ति गरिएसंगै छाेटी भन्सार कार्यालय ओैपचारिक रुपमा सञ्चालनमापनि आउनेछ।
माघ २७ गते संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महत आँफै ठाेरी आएर ठोरी छोटी भन्सारलाई स्तरोन्नति गरिएको घोषणा गर्ने छन्।अर्थमन्त्री महतसंगै अर्थमन्त्रालयका अन्य दुई सचिव तथा भन्सार बिभाग प्रमुखको समेत आगमनमा ठोरी छोटी भन्सारको स्तरोन्नतिको घोषणा हुने कार्यक्रम तय भएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए।ठोरी गाउँपालिका र माडी नगरपालिकाको संयुक्त बैठकले ठोरी छोटी भन्सारको स्तरोन्नति गर्न संयुक्त पहल गर्ने निर्णय गरेसँगै अर्थमन्त्रालय र भन्सार विभागले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्न चासो देखाएको अध्यक्ष श्रेष्ठले बताए।
ठोरी छोटी भन्सारको स्तरोन्नति घोषणासभाका दिन ठोरीमा सक्रिय रहेका सम्पूर्ण राजनीतिक दलप,नागरिक समाज ,बुद्धिजीवी ,शिक्षक,व्यवसायी लगायत सम्पूर्ण ठोरीबासीलाई उपस्थित हुनको लागिसमेत अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन्।
यता ठोरी भन्सारको स्तरोन्नति हुने खबरले ठोरीबासी खुसी भएका छन्।लामो समयदेखि बन्द रहेको भन्सार चल्ने,भारतीय पर्यटकहरुलाई नेपालको जुनसुकै स्थानमा आवागमनमा समेत गाडी भन्सार गरी जान सकिने भएको हुँदा पर्यापर्यटनमा समेत यस कार्यले प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको ठाेरीका स्थानीय व्यपारी रामशरण लामिछानेले बताए ।

