Madhes Khabar
समाचार

आलु–प्याजभित्र लुकाएर लागू औषधको तस्करी गरेका युवक पर्साको धोरेबाट पक्राउ

वीरगन्ज,११साउनःपर्साको पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर १ धोरेबाट प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर २ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनी रहेका छन् ।

भडिअर्वा गाँउबाट धोरे गाँउतर्फ पैदल आउँदै गरेका सहननीलाई शंकार लागेर प्रहरी चौकी धोरेका प्रहरीले चेकजाँच गर्दा उनको साथबाट नुर्फिन १५० पिस,डाइजेपाम १५० पिस र फेनरागन १५ पिस बरामद भएको हो ।

सहनीले बोकेको नीलो रंगको झोलामा रहेको आलु र प्याजभित्र लुकाएर राखेको अवस्थामा ती लागू औषध बरामद भएको पर्सााका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । पक्राउ परेका सहनीलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर उनिविरुद्ध लागू औषधसम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।

 

Related posts

इसेवाबाट एक करोड बढी रकम चोर्ने युवक पक्राउ

MadhesKhabar

सरकारी योजनाको प्रभावकारी कार्यान्वयनका लागि खानेपानीमन्त्री यादव र वनमन्त्री शाहीबिच सहमति

MadhesKhabar

पर्सामा १६८९ मिटरब्याज सम्बन्धी उजुरी मेलमिलापबाट टुंगियो, २८ करोड बढी रकम फिर्ता

MadhesKhabar

Leave a Comment