Madhes Khabar
समाचार

इसेवाबाट एक करोड बढी रकम चोर्ने युवक पक्राउ

काठमाडौं,३बैशाख : इसेवाबाट एक करोड रुपैयाँ भन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको अनामनगर बस्ने कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो।

बुढाले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाई खाता ‘सस्पेन्ड’ हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिंक खोल्न लगाई इसेवामा अनाधिकृत पहुँच पु¥याई ४ हजारभन्दा बढी व्यक्तिहरूको रकम चोरी गरेको प्रहरीले जानकारी दिएको छ।

उनले पशुपति ग्लोबल इनोभेसनको खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। साभारःअन्नपूर्णपोष्ट

 

Related posts

पर्साको ठोरीमा लागू औषधसहित चितवनका एक युवक पक्राउ

MadhesKhabar

हुण्डी कारोबारीको आशंकामा रक्सौलका बब्लुराज वीरगन्जबाट पक्राउ

MadhesKhabar

मधेस मिडिया काउन्सिलका अध्यक्ष उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर,६ महिना कैद र १ लाख जरिवाना

MadhesKhabar

Leave a Comment