Madhes Khabar
समाचार

इसेवाबाट एक करोड बढी रकम चोर्ने युवक पक्राउ

काठमाडौं,३बैशाख : इसेवाबाट एक करोड रुपैयाँ भन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको अनामनगर बस्ने कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो।

बुढाले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाई खाता ‘सस्पेन्ड’ हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिंक खोल्न लगाई इसेवामा अनाधिकृत पहुँच पु¥याई ४ हजारभन्दा बढी व्यक्तिहरूको रकम चोरी गरेको प्रहरीले जानकारी दिएको छ।

उनले पशुपति ग्लोबल इनोभेसनको खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। साभारःअन्नपूर्णपोष्ट

 

Related posts

रक्सौलबाट पटाका लिएर आउँदै गरेको कार वीरगन्ज भन्सार नाकामा पक्राउ

MadhesKhabar

वीरगन्जमा तस्करीको १० लाखको औषधिसहित अटो चालक पक्राउ (भिडियोसहित)

MadhesKhabar

क्रिकेटर आसिफ शेखमाथि बलात्कारको आराेप, तर प्रहरीले लिएन उजुरी

MadhesKhabar

Leave a Comment