Madhes Khabar
समाचार

हुण्डी कारोबारीको आशंकामा रक्सौलका बब्लुराज वीरगन्जबाट पक्राउ

वीरगन्ज,२३जेष्ठःप्रहरीले हुण्डी कारोबारीको आशंकामा वीरगन्जबाट एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौलका २९ बर्षिय बब्लुराज रौैनियार रहेका छन् । उनको साथबाट प्रहरीले करिब ६ लाख रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार,वीरगन्ज महानगरपालिका वडा नम्बर १५ बसपाार्कबाट प्रतिमा चोक तर्फ पैदल जाँदै गरेका रौनियारलाई प्रहरीले रोकेर खानतलासी गर्र्दा उनको साथबाट श्रोत खुल्न नसकेको नेपाली १ हजार, ५ सय र ५० दरको नोट गरी कूल ५ लाख ९० हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । बरामद नगद हुण्डीको कारोबारको रहेको उनले बताए ।

पक्राउ परेका राौनियारलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको भारतीले जानकारी दिए ।

Related posts

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

पर्साको बिरुवागुठीमा होटलमा जुवा खेल्ने र खेलाउनेहरु पक्राउ

MadhesKhabar

जसपाका मधेस प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न १ हजार बढी प्रहरी परिचालन

MadhesKhabar

Leave a Comment