Madhes Khabar
समाचार

पर्साका विभिन्न स्थानबाट सशस्त्र प्रहरीद्वारा १७ लाखको सामान बरामद

वीरगन्ज,१९चैतःपर्साका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याइएका करिब १७ लाख रुपैयाँ मुल्यको विभिन्न सामान गरेको छ । वीरगन्ज–१४ गण्डकबाट मंगलबार ८४ हजार १५० रुपैयाँ बराबरको सुतिको साडी, कुर्था सुरुवाल, चकलेट, स्पोर्ट सुज (जुत्ता) बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर. १३ गण हेड क्वाटर पर्साका प्रवक्ता तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र  सिंहले जानकारी दिदए ।

पर्साकै बिन्दवासिनी गाँउपालिका–४ अमरपट्टी स्थित नेपाल–भारत दशगजा क्षेत्रबाट ६ लाख ६३ हजार ९०० रुपैयाँ बराबरको ६६ कीन्टल ३९ केजी मकै तथा वीरगन्ज भन्सार क्षेत्रबाट ५ लाख ६९ हजार ७८५ रुपैयाँ बराबरको किराना, मोटर पार्टस, ईलेक्ट्रोनिक पार्टस र कपडा बरामद गरिएको सिंहले जानकारी दिए ।

वीरगन्ज–१७ अलौंबाट मधेस प्रदेश–०३–००१ह३०९४ नम्बरको ई–रिक्साबाट ७५ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको उनले बताए । बरामद सबै सामान आवश्यक कारबाहीका लागि मंगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

Related posts

नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

MadhesKhabar

‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश बर्णवाल वीरगन्जबाट पक्राउ

MadhesKhabar

पर्साका संवेदनशील मतदान स्थलको विवरण गोप्य, सिडिओ भन्छन् – भन्न मिल्दैन

MadhesKhabar

Leave a Comment