Madhes Khabar
समाचार

वीरगन्जमा ठूलाे परिमाणमा चरेस बरामद,तस्कर फरार

वीरगन्ज,०२माघ:वीरगन्जमा प्रहरीले ठूलाे परिमाणमा लागू ओैषध चरेस बरामद गरेको छ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ गणेश टाेलबाट प्रहरीले १९ किलाे ५०० ग्राम चरेस बरामद गरेकाे हाे।
विशेष सुचनाकाे आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएकाे प्रहरी टाेलीले वीरगन्ज-१६ गणेश टाेलकाे भित्री सडकबाट १३ वटा प्याकेटमा रहेकाे उक्त चरेस बरामद गरेकाे प्रहरी निरीक्षक निराेज चाैलागाईले जानकारी दिए।
प्रहरीका अनुसार विशेष सुचना पाएर वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएकाे प्रहरी टाेली गणेश टाेलमा पुग्दा नम्बर खुल्न नसकेकाे माेटरसाइकलमा बाेरामा चरेस लिएर जाँदै गरेका उक्त माेटरसाइकलका चालक चरेस रहेकाे बाेरा फ्याँकेर फरार भएका थिए।
बरामद चरेस प्रहरी कार्यलयमा राखिएकाे र तस्करकाे खाेजी भइरहेको प्रहरी निरीक्षक चाैलागाईले जानकारी दिए।

Related posts

मन्त्रालयका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउनेछु : खानेपानी मन्त्री यादव

MadhesKhabar

पोखरिया–९ का विभिन्न टोलमा एमाले उम्मेदवार रुपेश पाण्डेको घरदैलो अभियान

MadhesKhabar

दुर्गा प्रसाईंलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

MadhesKhabar

Leave a Comment