वीरगन्ज, ४ फागुन :पर्साको ठोरी गाउँपालिका वडा नं. १ र २ मा प्रतिनिधिसभा उम्मेदवार रमेश रिजालको घरदैलो तथा जनसम्पर्क अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
घरदैलोका क्रममा उम्मेदवार रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, सुझाव र अपेक्षाहरू सुनेका थिए। अभियानमा सहभागी नागरिकहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत सेवा सुविधामा सुधारको आवश्यकता औंल्याएका छन्।
रिजालले जनताको आवाजलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आगामी दिनमा ठोरी क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।
घरदैलो अभियानले स्थानीय स्तरमा उत्साहजनक जनसमर्थन प्राप्त भएको र परिवर्तनको पक्षमा सकारात्मक माहोल बनेको अभियान टोलीले जनाएको छ।

