Madhes Khabar
समाचार

बारा: मोटरसाइकलको ट्यांकीभित्र लुकाएर लागुऔषधको तस्करी,दुई जना पक्राउ

वीरगन्ज,२२चैत:मोटरसाइकलको तेल ट्यांकीभित्र लुकाई लागुऔषधको तस्करी गर्ने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरकाे हेटौंडा उपमहानग्पालिका वडा नंबर १३ बस्ने २४ बर्षिय सुभराज मोक्तान र मोटरसाइकल पछाडि सवार हेटाैंडा उपमहानगरपालिका वडा नंबर ४ बस्ने २२ बर्षिय निरज गोले रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नंबर २१ अमलेखगञ्जमम वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा मोटरसाइकलको पेट्रोल टयांकीभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले लागुऔषध ओनेरेक्स सिरप एक सय एमएलको ३९ बोतल फेला पारेको थियो।

पक्राउ परेका दुबैजनालाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको न्याैपानेले बताए।

Related posts

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” काे सन्देश पनि दिन्छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्याक्ति मृत फेला

MadhesKhabar

चर्को विरोध भएपछि विमान कम्पनीहरूले बुधबारसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने

MadhesKhabar

Leave a Comment