
वीरगन्ज,१३असोजः पर्साको ठोरी गाँउपालिका वडा नम्बर ५ का ७३ वर्षीय नीरबहादुर लोप्चन मृत फेला परेका छन् । विगत ५ दिनदेखि घरपरिवारको सम्पर्कबाट बाहिर रहेका लोप्चन सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
असोज ९ गतेदेखि हराएका लोप्चनको शव ठोरी गाँउपालिका वडा नम्बर ५ मा पर्ने आठघरे र बागमोर्चा बीचको कल्भर्ट नजिक भेटिएको प्रहरीले जनाएको छ ।शव र घटनास्थलको अवस्था हेर्दा जङ्गली जनावरको आक्रमणका कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
शव पोष्टमार्टका लागि वीरगन्जमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

