Madhes Khabar
समाचार

बारामा लागूऔषध अफिमसहित पति-पत्नी पक्राउ

बारा,१४असाेज: प्रहरीले बाराको सिमराबाट झण्डै ३ केजी लागूऔषध अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण व्यूरो वीरगन्जको संयुक्त टोलीले उनीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित सिमरा चोकमा पैदल हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटकाे चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी राई रहेकी छिन् । उनीहरुको साथबाट दुई किलो ९७० ग्राम अफिम बरामद भएको प्रहरीको भनाइ छ ।

लागूऔषध अफिम ओसारपसार भइरहेको सूचना पाएपछि लागूऔषध नियन्त्रण व्यूरो वीरगन्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक शेखर शिवाकोटी र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी हवल्दार उमेश यादवको नेतृत्वमा प्रहरीकाे टाेली खटिएको थियो ।

 

सिमरा चोकमा पैदल हिडिरहेका उनीहरुले बोकेको झोला जाँच गर्दा लागूऔषध अफिम फेला परेपछि नियन्त्रणमा लिइएको लागू औषध नियन्त्रण व्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर कारवाही प्रक्रिया अघि बढाइएको छ ।

Related posts

वीरगन्जबाट दुई करोड भन्दा बढि मुल्यको दुई ट्रक सामान बरामद

MadhesKhabar

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीकाे रकमसहित महिला र पुरुष पक्राउ 

MadhesKhabar

बारामा उत्पादित अवैध घरेलु मदिरा ट्रकमा ओसारेर वीरगन्जमा आपुर्ति

MadhesKhabar

Leave a Comment