
वीरगन्ज,३१भदाैं:वीरग भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्राेत खुल्न नसकेकाे रकमसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेकाे छ।
श्राेत खुल्न नसकेको ८ लाख रुपैयाँसहित वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका ५० वर्षिय अजित पाण्डे र त्यिह ठाउँकी ४५ वर्षिया उर्मिला देवीलाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे हाे।
भारतकाे रक्सौलबाट वीरगन्ज आउँदै गरेकाे ना ५४ प ९६८४ नम्बरको माेटरसाइकललाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालयकाे गेट अगाडि राेकेर चेकजाँच गर्दा माेटरसाइकल चालक पाण्डेकाे साथबाट ३ लाख रुपैयाँ र माेटरसाइकलमा पछाडि सवार उर्मिला देवीकाे साथबाट ५ लाख रुपैयाँ बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए।
बरामद रकमकाे श्राेत खुल्न नसकेकोले उक्त रकम हुण्डीकाे रहेकाे उनलेे बताए ।रकम र माेटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको रिजालले जानकारी दिए।

