Madhes Khabar
समाचार

बारामा उत्पादित अवैध घरेलु मदिरा ट्रकमा ओसारेर वीरगन्जमा आपुर्ति

मधेसखबर
वीरगन्ज,२६जेठः बाराको पथलैया र अमलेखगन्जमा उत्पादित प्रतिबन्धित घरेलु मदिरा , मालवाहक ट्रकमा ओसारेर वीरगन्जका होटलहरुमा आपुर्ति हुदै आएको छ ।
नेपालमा घरेलु मदिरा उत्पादन र बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको भएपनि बारा र पर्साको ग्रामीण भेगमा उत्पादित घरेलु मदिरा वीरगन्जको बजारमा ल्याएर बिक्री वितरण हुदै आएको छ ।
यसैक्रममा प्रहरीले बुधबार बेलुकी अमलेगन्जबाट आउदै गरेको एक मालवाहक ट्रकबाट ठूलो परिमाणमा घरेलु मदिरा सहित एक जनालाइ पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नंबर २१ परवानीपुर चोक स्थित सडकमा प्रहरीले ना २ ख ९३५७ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई छिपाई ल्याइएको अवैध घरेलु मदिरा ७ सय ६५ लिटर बरामद गरेको छ ।
प्रहरीले उक्त ट्रकका चालक वीरगन्ज ममहानगरपालिका १३ राधेमाई घर भएका ५४ वर्षिय लक्ष्मण साहलाई पनि नियन्त्रणमा लिएको छ । बरामद मदिरा खन्याएर नष्ट गरिएको र चालक सहित ट्रकलाई आवश्यक कार्वाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगन्ज बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Related posts

पितृशोकमा परेका ओलीलाई समबेदना दिँदै बालेनले भने: पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ

MadhesKhabar

जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

MadhesKhabar

खानेपानी मन्त्रालयले वीरगन्ज महानगरलाई दियो दुई थान पिकअप गाडी

MadhesKhabar

Leave a Comment