वीरगन्ज,२०असारः संघीय सरकारकोे खानेपानी मन्त्रालयले वीरगन्ज महानगरपालिकालाई दुई थान पिक अप गाडी प्रदान गरेको छ । खानेपानी मन्त्री प्रदीप यादवको पहलमा वीरगन्ज खानेपानी मन्त्रालयले महानगरपालिकाको कार्यालय प्रायोजनका लागि जापनिज कम्पनि टोयटाको दुई थान पिक अप गाडी प्रदान गरेको हो ।
मन्त्रालयमा केहिदिन पहिले मन्त्री यादवले वीरगन्ज महानगरपालिकाका मेयर रााजेशमन सिंह र प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णलाई दुवै गाडीको काजगपत्र हस्तान्तरण गरेपछि वीरगन्ज ा ती दुवै गाडी वीरगन्ज ल्याइएको थियो । शुक्रबार महानगरपालिका कार्यालयको प्रांगणमा मेयर राजेशमान सिंहले ती दुवै गाडीको हिन्दु रितिरिवाज अनुसार पूजापाठ गरेको उनका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए । अब ती दुवै गाडी महानगरपालिकाको कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याइने उनले बताए ।