वीरगन्ज,३१जेठःपर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र मानव शरिरका विभिन्न अंगहरु र लुगाकपडा फेला परेको छ ।पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ मा पर्ने निकुञ्जको जंगलभित्र भालु खोला फारलाईन छेउमा जंगली जनावरको लागि पानी खान बनाइएको खाल्डोमा नाम,थर र वतन नखुलेको मानव शरीरको एउटा खुट्टा , दुई वटा हात तथा त्यसस्थान भन्दा अन्दाजी ३०० मिटरकको. दुरीमा टाउकोको अस्थिपञ्जर फेला परेको प्रहरीले जनाएको छ ।त्यहिस्थानमा पुरुषले लगाउने निलो रंगको पाइन्ट र सेतो रंगको फुल बाहुला सर्टपनि फेला परेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।
घटनास्थलमा खटिएको टोलीले उक्त स्थानममा फेला परेका मानव शरिरका अंग,अस्थिपञ्जर र लुगाकपडाहरु नियन्त्रणमा लिएर मानव शरीरको अंगहरू नारायणी अस्पतालमा पठाएको छ ।
मृतक व्याक्तिको सनाखत हुन नसकेको र मृतकलाई चिन्ने व्यक्तिपनि अहिलेसम्म फेला नपरेकोले मृतकलाई चिन्ने जो–कोहीले प्रहरी कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।

