Madhes Khabar
समाचार

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

काठमाडौं,१५कार्तिक : लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। बुधबार दिउँसो काठमाडौंको गोठाटारमा ब्राउन सुगर कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

ब्राउन सुगर कारोबारी थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो। तर ,प्रहरीमाथि आक्रमणमा उत्रिएपछि प्रहरीले जवाफी फायर गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक उच्च अधिकारीले अन्नपूर्ण पोस्टलाई जानकारी दिए।

प्रहरीका अनुसार उनी भारतीय नागरिक हुन्। प्रहरीले एकजना नेपालीलाई समेत पक्राउ गरेको छ। प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। उनको तिघ्रामा चोट लागेको छ।

प्रहरीले उनको साथबाट तीन राउण्ड गोलीसहित पेस्तोल बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साभारः अन्नपूर्णपोष्टबाट

Related posts

रातारात वीरगन्ज आएर भारतीय प्रहरीले १ नेपालीलाई पक्रेर लग्याे,नेपाल प्रहरी बेखबर

MadhesKhabar

तरकारी बोकेको गाडीबाट ३ सय ३४ केजी गाँजा बरामद, चालक फरार

MadhesKhabar

अमलेखगञ्जमा दुई वटा बस आपसमा ठोक्किदाँ १९ जना घाइते

MadhesKhabar

Leave a Comment