Madhes Khabar
समाचार

तरकारी बोकेको गाडीबाट ३ सय ३४ केजी गाँजा बरामद, चालक फरार

रौतहट,५असोजः रौतहटमा प्रहरीले तरकारी बोक्ने गाडीबाट लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरी चौकी रामपुरखापबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबारराति इशनाथ नगरपालिका –८ मोतिपुर सडक खण्डबाट तरकारी बोकेको गाडीबाट ३ सय ३४ किलो गाँजा बरामद गरेको हो ।

मोतिपुरबाट काउली लोड गरेर जटहरा हुँदै भारततर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीबाट प्रहरीले २६ वटा पोकामा रहेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

गस्तीमा रहेको प्रहरीलाई देख्ना साथ गाडी चालक गाडी छाडेर भागेपछि प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३ सय ३४ किलो लागुऔषध गाँजा भेटिएको कार्कीले बताए ।

गाँजा र गाडी प्रहरीले नियन्त्रणमा लिएको र फरार भएका गाडी चालक र गाँजा तस्करको खोजीकार्य भइरहेको कार्कीले बताए ।

Related posts

पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति,अब तारेख धाउन नपर्ने

MadhesKhabar

राैतहटमा चाैकीदारकाे हत्या

MadhesKhabar

मनकामनाबाट फर्कदै गरेकाे ईभी माइक्रो दुर्घटना हुदाँ ६ जनाकाे घटनास्थलमै मृत्यु

MadhesKhabar

Leave a Comment