Madhes Khabar
समाचार

राैतहटमा चाैकीदारकाे हत्या

सांके्तिक फोटो

मधेसखबर
वीरगन्ज ,०२ असाेज : रौतहटमा एक चौकीदारको हत्या भएको छ।

रौतहटको गुजरा नगरपालिका ९ बालचनपुरमा रहेकाे इँटा उद्योगमा कार्यरत एक जना चौकीदारको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।

रौतहटको चन्द्रपुर नगरपालिका १० बकतौराका ४५ वर्षीय जलिल मिया नटलाई शनिबार राति नै धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ। गुजरा नगरपालिका ९ बालचनपुरमारहेको बिबिआई इँटा उद्योगमा चौकीदारको रुपमा कार्यरत नटलाई इँटा उद्योगमा सुतिरहेको समयमा अज्ञातले हत्या गरेको इलाका प्रहरी कार्यालय डुमरियाले जनाएको छ।

शनिबार रातिकै घटना भएको तर स्थानीयबासी आइतबार इँटा उद्योगतिर गएको बेला गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेको थिए। घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डुमरियाका प्रहरी नायव निरिक्षक योगेन्द्र चौधरीले जानकारी दिए।

Related posts

वीरगन्ज भन्सारबाट सशस्त्र प्रहरीद्वारा हुण्डीकाे ९ लाख रकमसहित एक जना पक्राउ

MadhesKhabar

फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट पाउने

MadhesKhabar

महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु

MadhesKhabar

Leave a Comment