Madhes Khabar
समाचार

वीरगन्ज भन्सारबाट सशस्त्र प्रहरीद्वारा हुण्डीकाे ९ लाख रकमसहित एक जना पक्राउ

वीरगन्ज,१२चैत:वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्राेत नखुलेकाे ९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा पर्साकाे वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवाका ४४ वर्षीय अनिलकुमार साह रहेका छन्।

भारतकाे रक्साैलबाट वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गरेकाे साहले हाँकेकाे ना २ प ९५८७ नम्बरको माेटरसाइकल सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित वीरगन्ज भन्सार कार्यालय अगाडिको सडकमा राेकेर चेकजाँच गरेकाे थियाे ।त्यसक्रममा उक्त माेटरसाइकलकाे सिटकचर मुनि लुकाएर राखिएको अवस्थामा नेपाली १ हजार दरका नाेट ९०० थान बरामद भएको पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले जानकारी दिए।

बरामद उक्त रकमकाे श्राेत साहले खुलाउन नसकेपछि रकम र माेटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।बरामद रकम हुण्डी काराेबारकाे हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ।

बरामद रकम र माेटरसाइकलसहित साहलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको अधिकारीले जानकारी दिए।

Related posts

मोदीको शपथमा दिल्ली जाँदै प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

जलवायु परिवर्तनका कारणले मधेसमा भूमिगत जलस्रोत घट्दै गएको छ : मन्त्री यादव

MadhesKhabar

घाटामा रहेकाे खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment