Madhes Khabar
समाचार

घाटामा रहेकाे खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव

काठमाडाैं,१५ फागुन : खानेपानी मन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएकाे नेपाल खानेपानी संस्थानका देशभरीका शाखाहरुलाई नाफामै ल्याएर छोड्ने बताएका छन् । संस्थानलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान (खेल परिवर्तक योजना) ल्याउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

नेपाल खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले संस्थानले लाखौँ नेपाली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको बताए।उनले संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको बताए।मन्त्री यादवले संस्थानलाई घाटाबाट मुक्त गर्न सबै कर्मचारीले गम्भीर भएर सोच्नुपर्ने र योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।उनले भाे, “संस्थान कस्को कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संस्थान रहे मात्र हामी सबैलाई फाइदा हुन्छ, घाटामा गएर नै संस्थान बन्द भयो भने दोेष कसलाई दिने ?”

मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए।कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने, “खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ ।”

नाफामा रहेका अन्य शाखाहरुबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाई छ । संस्थानमा महाप्रबन्धकको १० महिनादेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै उनले निकै अप्ठेरो परिस्थितीका बाबजुद् आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रबन्धक नियुक्त गर्न सफल भएको बताए ।

Related posts

वीरगन्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाजको जित सुनिश्चित

MadhesKhabar

वीरगन्जका एक युवक १७ लाखको चाँदीसहित काठमाडौंमा पक्राउ

MadhesKhabar

पर्साकाे अमरपट्टीमा प्रहरीद्वारा ४ वटा रक्सी भठ्ठी नष्ट

MadhesKhabar

Leave a Comment