Madhes Khabar
समाचार

महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

मधेशखबर
१० असाढ , २०७९
महोत्तरीको जलेश्वरमा रहेको कारागारमा शुक्रबार बिहान एक कैदीको मृत्यु भएको छ ।
महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव शुक्रबार बिहान करीब २ बजे एक्कासी बेहोस भएका थिए।
उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

Related posts

पाँच वर्षमा सबै भन्दा बढि भ्रष्टचार पालिकामा कर्मचारीले गरेका छन् – सांसद लक्षणलाल कर्ण

MadhesKhabar

हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक दुई महिनाका लागि बन्द

MadhesKhabar

मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment