Madhes Khabar
समाचार

वीरगन्जबाट जाँदै गरेकाे बसबाट ११ लाखकाे चाँदी बरामद

वीरगन्ज,१०बैशाख:बाराकाे पथलैयाबाट प्रहरीले यात्रुवाहक बसबाट करिब ११ लाख रुपैयाँ बराबरको चाँदी बरामद गरेको छ।वीरगन्जबाट दाङको तुल्सीपुर जाँदै गरेकाे बागमती प्रदेश ३२५६ नम्बरको बसबाट प्रहरीले १० लाख ८० हजार रुपैयाँ मूल्यकाे चाँदीकाे ६ किलाे गहना बरामद गरेको हाे।

पथलैयामा प्रहरीले उक्त बस राेकेर चेकजाँच गर्दा बसकाे क्याबिनभित्र सिट मुनि लुकाएर राखिएको कार्टुन खाेलेर हेर्दा त्यसबाट ६ किलाे चाँदीका विभिन्न गहना बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

Related posts

ठाकुरराम क्याम्पसमा बल्ल सुचारू भयाे मतगणना

MadhesKhabar

अवैध रुपमा गिटट्ी बालुवा उत्खनन् गरेको आरोपमा ट्रेक्टर र टिपर नियन्त्रणमा

MadhesKhabar

शहिदहरुको सपना साकार पार्नु सबै नेपालीको साझा दायित्व : पूर्वमन्त्री प्रदीप यादव

MadhesKhabar

Leave a Comment