वीरगन्ज,१०बैशाख:बाराकाे पथलैयाबाट प्रहरीले यात्रुवाहक बसबाट करिब ११ लाख रुपैयाँ बराबरको चाँदी बरामद गरेको छ।वीरगन्जबाट दाङको तुल्सीपुर जाँदै गरेकाे बागमती प्रदेश ३२५६ नम्बरको बसबाट प्रहरीले १० लाख ८० हजार रुपैयाँ मूल्यकाे चाँदीकाे ६ किलाे गहना बरामद गरेको हाे।
पथलैयामा प्रहरीले उक्त बस राेकेर चेकजाँच गर्दा बसकाे क्याबिनभित्र सिट मुनि लुकाएर राखिएको कार्टुन खाेलेर हेर्दा त्यसबाट ६ किलाे चाँदीका विभिन्न गहना बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

