Madhes Khabar
समाचार

मनकामनाबाट फर्कदै गरेकाे ईभी माइक्रो दुर्घटना हुदाँ ६ जनाकाे घटनास्थलमै मृत्यु

गोरखा,३०फागुन:गाेरखाकाे मनकामना मन्दिरमा दर्शन गरेर फर्केदै गरेका तीर्थयात्रीहरु सवार ईभी माइक्रो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ ।

अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Related posts

पर्सा र बाराका सडकमा सवारी करको नाममा ब्रम्हलुट : ट्रक चालकलाई धम्क्याएर रकम असुली

MadhesKhabar

जसपाबाट मेयरको उम्मेदवार राजेशमान पक्का,उपेन्द्र पनि वीरगन्ज आउदै

MadhesKhabar

बारा बस दुर्घटना अपडेट : बाराकी थप १ बालिकाको मृत्यु , मृतकको संख्या १७ पुग्यो

MadhesKhabar

Leave a Comment