Madhes Khabar
समाचार

पर्सा र बाराका सडकमा सवारी करको नाममा ब्रम्हलुट : ट्रक चालकलाई धम्क्याएर रकम असुली

बारा,१९साउनःबाराको जीतपुरसिमरा उपमहानगरपालिका र पर्साको वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ चोर्नी क्षेत्रमा सवारी कर संकलनको ठेक्का–पट्टाको नाममा लुटपाटको धन्दा फस्टाएको गम्भीर आरोप लागेको छ। नितनपुरभन्दा अगाडि दाल मिस नजिकै ठेकेदारहरूले सवारी कर उठाउने बहानामा ट्रकहरूलाई जबरजस्ती रोकेर धम्क्याएर रकम असुल्ने गरेको ट्रक चालकहरूले गुनासो गरेका छन्।

सवारी कर संकलनको नाममा ठेकेदारहरुले ढाटमा खटाएका कर्मचारीहरुले ट्रकका चाकलहरुलाई धम्क्याएर तोकिएको भन्दा बढी रकम असुल्दै आएका कारण त्यस क्षेत्रमा दिनहुँ विवाद र झगडा हुदैं आएको छ ।

ट्रकका चालकहरूका अनुसार, ठेकेदारहरूले करको नाममा पैसा माग्ने र नदिएमा गालीगलौज तथा धम्की दिने गरेका छन्। यस्तो लुटको धन्दा अन्यत्र नभएर विशेष गरी त्यहि क्षेत्रमा मात्र केन्द्रित रहेको उनीहरूको भनाइ छ।

चालकहरूले स्थानीय प्रशासन र प्रहरीमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। ‘पुलिसकोमा फोन गर्दा कुनै जवाफ आउँदैन, प्रशासन पनि चुपचाप बस्छ,’ एक चालकले आक्रोश व्यक्त गर्दै भने । यस्ता गतिविधिले ढुवानी सेवामा अवरोध पुग्नुका साथै चालकहरू त्रासमा रहेका छन्। स्थानीय बासिन्दा र चालकहरूले यो लुटको धन्दा रोक्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

Related posts

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

भारतबाट चाँदीको गरगहना तस्करी गर्ने एक महिला वीरगन्जमा पक्राउ

MadhesKhabar

मधेस प्रदेशको पाँच जिल्लाका एसपीकाे सरुवा

MadhesKhabar

Leave a Comment