Madhes Khabar
समाचार

मधेस प्रदेशको पाँच जिल्लाका एसपीकाे सरुवा

बारा,१५बैशाख: मधेस प्रदेशको पाँच जिल्लाका प्रहरी प्रमुख(एसपी) फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार ६३ प्रहरी उपरीक्षक(एसपी)को सरुवा गर्दा मधेसको आठ जिल्लामध्ये पाँच जिल्लाका एसपी फेरिएका हुन् ।

मधेसको रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका एसपीमा फेरिन लागेका हुन् । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार रौतहटमा नेत्रमणी गिरी आउन लागेका छन् । गिरी कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगर सुर्खेतबाट रौतहट आउन लागेका हुन् ।

रौतहटका एसपी दिलिप घिमिरेको नेपाल प्रहरी प्रधान कार्यालय, सूचना विश्लेषण शाखा नक्सालमा सरुवा भएको छ ।यसैगरी सर्लाहीमा एसपी योगेन्द्रकुमार खड्का आउने भएका छन् । खड्का लुम्बिनी प्रदेश प्रहरी गण बाँकेबाट आउन लागेका हुन् । सर्लाहीका एसपी रवीन्द्रकुमार सिंहको नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्सालमा सरुवा भएको छ ।

महोत्तरीमा एसपी हेरम्ब शर्माको सरुवा भएको छ । शर्मा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीबाट महाेत्तरीमा आउन लागेका हुन् । महोत्तरीका एसपी नकुल पोखरेलको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।

धनुषाको प्रहरी प्रमुखमा नरहरी रेग्मी आउने भएका छन् । रेग्मी जिल्ला प्रहरी परिसर ललितपुरबाट धनुषा आउन लागेका हुन् । धनुषाका एसपी भूवनेश्वर तिवारीको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी काठमाडौंमा सरुवा भएको छ ।

यसैगरी सिरहाको प्रहरी प्रमुखमा अनन्त शर्मा आउने भएका छन् । शर्मा गण्डकी प्रदेश प्रहरी गणबाट आउन लागेका हुन् । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।साभार:इशीलालेख

Related posts

कर्तब्य ज्यान मुद्दामा १९ वर्षदेखि फरार अभियुुक्त कुर्मी वीरगन्जबाट पक्राउ

MadhesKhabar

सिंहदरबारमा मेलम्चीको खानेपानी वितरण सुरु,मन्त्री यादवले गरे शुभारम्भ

MadhesKhabar

कांग्रेसका पूर्वमहामन्त्री निधीको जिवनीमा आधारित पुस्तक ‘नेपाल का निधी’ वीरगन्जमा लोकार्पण

MadhesKhabar

Leave a Comment