Madhes Khabar
समाचार हेडलाइन

भारतकाे कीट युनिभर्सिटीमा फेरि अर्काे नेपाली छात्रा मृत भेटिइन् : मृतक वीरगन्जकी प्रिशा साह

काठमाडौं,१८बैशाख:भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोली (KIIT) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटिएको छ ।

विश्वविद्यालयमा बिटेक सिएसईकाे पहिलो वर्षमा अध्ययनरत वीरगन्जकी १९ वर्षीया प्रिशा साह हाेस्टेलमा बिहीबार साँझ झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् ।

मृतक प्रिशा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी श्याम साहकी छाेरी हुन् ।साहकाे स्थायी घर भने सर्लाहीको मलंगवा हाे।
मृतक प्रिशाका भाई गाैरब साहले बिहीबार राति ९ बजेतिर कलेज प्रशासनले घरमा फाेन गरेर प्रिशाकाे मृत्युु बारे जानकारी दिएको बताए ।गाैरबका अनुसार,बिहीबार दिउँसो ३ बजेतिर कलेजबाट प्रिशाले घरमा फाेन गरेर आँफु मे १८ तारिखमा विदामा घर आउने जानकारी गराएकी थिइन्।प्रिशा एक वर्ष अघि बिटेक अध्ययनका लागि कीट विश्वविद्यालयमा गएकाे भाई गाैरबले बताए ।

यसअघि गत फागुन ५ गते पनि नेपालकै बुटवलकी छात्रा २० वर्पीया  प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएपछि विवाद र तनाव सिर्जना भएको थियो ।त्यसबेला विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालिएको थियो ।

त्यसको चौतर्फी आलोचना र विरोध भएपछि विश्वविद्यालयले माफी मागेर नेपाली विद्यार्थीहरुलाई क्याम्पस फर्किन आह्वान गरेको थियो । प्रकृति लम्सालको मृत्युको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । ओडिसा राज्य सरकारले समेतत उच्चस्तरीय समिति बनाएर घटनाको छानबिन गरेको थियो ।

Related posts

बैंकिङ कसुर मुद्धामा दुइ वर्ष देखि फरार रहेका हजाम वीरगन्जबाट पक्राउ

MadhesKhabar

उपमेयर उम्मेदवार विणा भन्छिन् –राप्रपाको आगमनले विपक्षीको सात्तो उडेको छ

MadhesKhabar

वीरगन्जमा जथाभावी फाेहाेर फाल्ने विरुद्ध मुद्दा चलाउने महानगरकाे तयारी

MadhesKhabar

Leave a Comment