Madhes Khabar
समाचार

एमाले–जसपा तालमेलमा अलमल छैन, डा. मधुलाई जिताउन आग्रह गर्दछु : राजकुमार गुप्ता

मधेसखबर

वीरगञ्ज, २८ कार्तिक । पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमाले र जसपा नेपालको चुनावी रणनीति अन्तर्गत संयुक्त बैठक बसेको छ ।

पर्सा क्षेत्र नम्बर ३ (ख) पोखरियामा बसेको बैठकले एमाले जसपाका साझा उम्मेदवारलाई जिताउने बारेमा रणनीति तयार पारेको बैठकमा सहभागी जसपाका एक नेताले बताए ।

सो बैठकमा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार राजकुमार गुप्ताले चुनावी तालमेलको भावनाअनुसार निर्वाचन क्षेत्रका सबै उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने प्रतिबद्धता प्रकट गरे ।

तालमेलभित्र कुनै अलमल नरहेको भन्दै उनले पर्सा ३ (ख) बाट जसपाबाट चुनावी मैदानमा रहेकी डा. मधु गुप्ता कुर्मीलाई जिताउन पार्टीका स्थानीय नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

डा. मधु गुप्ता कर्मीले चुनावी तालमेलको भावनाअुनसार दुवै दलका नेता कार्यकर्ताले एकअर्कालाई सघाउने बताइन् । पर्सामा जसपा एमालेका साझा उम्मेदवारको जीत नै पर्साबासीको विकास र समृद्धिको जीत भएको उनको भनाइ थियो ।

साभार यात्रा डेलि

 

Related posts

पर्सामा गाँजासहित एक युवक पक्राउ

MadhesKhabar

शिखर इन्स्योरेन्सको वाषिर्कोत्सवको अवसरमा १ सय ५३ जनाद्वारा रगतदान

MadhesKhabar

तीनकुने प्रदर्शनमा मारिएका सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

MadhesKhabar

Leave a Comment