Madhes Khabar
समाचार हेडलाइन

पर्सा जिल्ला अदालतबाट धरौटीमा छुटेका कुशवाहा अदालतकै लेखा शाखामा कार्यरत रहेको खुलासा

वीरगन्ज,१३भदौंः ज्यान मार्ने उद्योग मुद्धामा संलग्न भएको अभियोगमा फरार भएर पछि अदालतमा हाजिर भई धरौटीमा रिहा भएका अदलातका एक व्याक्ति त्यहि अदालतमा कार्यरत रहेको खुलासा भएको छ ।

पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ का अनिलकुमार कुशवाहा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न भएको अभियोगमा फरार भएर पछि अदालतमा हाजिर भएर धरौटीमा रिहा भएका थिए । करिब एक महिना अघि पर्सा जिल्ला अदालतले उनलाई ७० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

धरौटीमा छुटेका कुशवाहा बिहीबार पुनः पर्सा जिल्ला अदालतकै लेखा शाखामा कर्मचारीको रूपमा हाजिर भएका हुन् । एकातिर ज्यान मार्ने उद्योग जस्तो गम्भीर मुद्दामा आरोप लागेका व्यक्ति धरौटीमा छुटेर पुनः त्यही अदालतमै कर्मचारीको रुपमा कार्यरत रहेको खुलासा भएको हो ।

धरौटीमा छुटेपछि मुद्दा खेपिरहेका व्यक्तिलाई पुनः त्यही निकायकै काममा संलग्न गरिनु न्यायिक प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको छ । वीरगन्जका एक अधिवक्ताले भने,‘आरोप लागेका व्यक्तिलाई सोही कार्यालयमै जिम्मेवारी दिनु न त उचित हो, न त पारदर्शिता कायम हुने अवस्था छ ।’

आफ्नै चलिरहेको मुद्दामा प्रभाव पार्नकै लागि कुशवाहा हाजिर भएको आशंका गरिएको छ । यसरी न्यायिक निकायमै मुद्दा खेपिरहेका व्यक्तिलाई कार्यरत राख्नु भनेको अनुसन्धान र सुनुवाइको निष्पक्षता कमजोर पार्ने सम्भावना हुनसक्ने ती अधिवक्ताले बताए ।

उनले भने,‘ धरौटीमा छुट्नु दोषमुक्त हुनु होइन, केवल थुनामुक्त हुनु मात्रै हो । यस किसिमका संवेदनशील मामिलामा अदालत आफैं बढी सावधान हुनुपने हो ।’

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले कुशवाहा लेखा शाखामा कार्यरत भएकाले न्यायिक निकायको मूल निर्णय प्रक्रियासँग प्रत्यक्ष सम्बन्ध नराख्ने बताए । तर, उनको गतिविधि माथि निगरानी गरिने उनले बताए ।

 

 

Related posts

नारायणी अस्पतालमा दलाल र बिचौलियाविरुद्ध कडाइ गर्न सांसद कानुले सीडीओसंग गरे छलफल

MadhesKhabar

नेपाललाई विश्वकपमा पुर्याउन सफल कप्तान पूजालाई वीरगन्जका मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

बारामा २५ लाख बढीको चाँदीका मुर्ती र गहनासहित दुई युवक पक्राउ

MadhesKhabar

Leave a Comment