Madhes Khabar
समाचार

वीरगन्जस्थित व्यापारिक प्रतिष्ठानमा भीषण आगलागी

फाइल तस्बिर ।

वीरगन्ज,५कात्तिकः वीरगन्जमा बुधबार बिहान एक व्यपारिक प्रतिष्ठानमा आगलागी भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित रोहित केमिकल ट्रेडर्स र रोहित सेल्स स्टोरमा बुधबार बिहान करिब २ बजेतिर आगलागी भएको हो ।

आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र त्यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

उनका अनुसार, बिहान २ बजृतिर लागेको आगो नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकलको मदतमा बिहान ५ बजेतिर निभएको थियो ।

आगलागीबाट उक्त प्रतिष्ठानमा भएको क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

Related posts

फेरि सर्‍यो पत्रकार महासंघको चुनाव

MadhesKhabar

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपा पर्साले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण

MadhesKhabar

महिलालाइ यौन दुर्व्यवहार गरेको आरोपमा रेडक्रसकर्मी पक्राउ

MadhesKhabar

Leave a Comment