Madhes Khabar
समाचार

वीरगन्जस्थित व्यापारिक प्रतिष्ठानमा भीषण आगलागी

फाइल तस्बिर ।

वीरगन्ज,५कात्तिकः वीरगन्जमा बुधबार बिहान एक व्यपारिक प्रतिष्ठानमा आगलागी भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित रोहित केमिकल ट्रेडर्स र रोहित सेल्स स्टोरमा बुधबार बिहान करिब २ बजेतिर आगलागी भएको हो ।

आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र त्यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

उनका अनुसार, बिहान २ बजृतिर लागेको आगो नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकलको मदतमा बिहान ५ बजेतिर निभएको थियो ।

आगलागीबाट उक्त प्रतिष्ठानमा भएको क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

Related posts

वीरगन्जको कार्टुन उद्योगमा एक मजदुरको मृत्यु: घटना शंकास्पद रहेको परिवारजनको दाबी

MadhesKhabar

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाका दोषीलाई कारबाही गर्न उज्यालो नेपाल पार्टी पर्साको माग

MadhesKhabar

ठाेरीबाट २० केजी गाजा बरामद

MadhesKhabar

Leave a Comment