Madhes Khabar
समाचार

वीरगन्जकाे गण्डक नहरमा डुबेको अवस्थामा फेला पर्‍यो एक बालककाे शव

वीरगन्ज ,७साउन : पर्साकाे वीरगन्जस्थित गण्डक नहरमा डुबेको अवस्थामा एक बालकको शव फेला परेको छ ।

पकाहामैनपुर गाउँपालिका–१ धोरे घर भई हाल वीरगन्ज –११ श्रीपुरमा बस्दै आएका राजमोहनलाल कर्णका १४ वर्षीय छोरा शुभम कुमार कर्ण नहरमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

शुभम शनिबार दिउँसो साथीहरुसँगै पढन भनेर घरबाट निस्केका थिए ।उनि शनिबार अबेर राती सम्म घरमा नआएपछि परिवारले खोजी कार्य शुरु गर्दै प्रहरीमा जानकारी गराएका थिए ।

त्यसपछि प्रहरीले खाेजी गर्ने क्रममा आइतवार बिहान ९ बजे गण्डक नहरको निर्माणाधीन गेटमा पानीमा डुबेकाे अवस्थामा शुभमकाे शव फेला पारेकाे हाे ।

शुभमको डुबेर मृत्यु भएको हो या कसैले हत्या गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

वीरगन्जमा समाजवादी प्रेस संगठनद्वारा प्रभातफेरी

MadhesKhabar

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

गोल्डेनको हत्यामा संलग्न ‘खुनी दरिन्दे समुह’का ४ जना कारागार चलान

MadhesKhabar

Leave a Comment